इन्द्रेणी संवाददाता
काठमाडौं, २३ मंसिर । नेपालमा आज एक हजार ३८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ४३ हजार ३७७ पुगेको छ ।
पछिल्लो चौबीस २४ घण्टामा एक हजार ६२१ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख २९ हजार ५४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २३ जनाको कोरोनाबाट ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।











