सल्यान, २३ मंसिर । जनप्रतिनिधी तथा कर्मचारीहरुवीचमा स्थानीय तहको सेवा तथा श्रोत नक्सांकन सम्बन्धि एक दिने कार्यक्रम सल्यानको कपुरकोटमा सम्पन्न भएको छ । दलित विकास समाज सल्यानमार्फत सञ्चालन भइरहेको सुशासनमा नागरिक सहभागीता कार्यक्रम अन्तर्गत श्रोत नक्सांकन कार्यक्रम सम्पन्न भएको हो ।

DSC_0674कार्यक्रममा गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष तथा कपुरकोट गाउँपालिकाका प्रमुख भिमबहादुर सेनले स्थानीय तहबाट प्रदान हुने सेवा सुविधाको बारेमा नागरिकहरुले बढी चासो राख्नुपर्ने बताए । नागरिक तहबाट रचनात्मक सुझाव र गुनासोहरु आउनुपर्ने भन्दै अध्यक्ष सेनले आफुहरुको कर्तव्य पनि नागरिकले पुरा गर्नुपर्ने बताए । उनले पशु, कृषि सम्बन्धी सेवा सुविधा अव तत्काल सम्बन्धित वडाहरुबाट प्रदान गर्ने ब्यवस्था गरिने बताए ।

कार्यक्रममा दलित विकास समाज सल्यानका अध्यक्ष निमबहादुर नेपालीले आफुहरुले वडा तथा टोल स्तरमा पुगेर नागरिकहरुलाई जागरुक र जवाफदेही बनाउने जस्ता क्रियाकलाप सञ्चालन गरिरहेको बताए ।

सुशासनमा नागरिक सहभागीता कार्यक्रमका जिल्ला संयोजक गुमान सिंह नेपालीले सञ्चालन गरेको कार्यक्रममा गाउँपालिकाका विषयगत शाखा प्रमुखहरुले पालिका स्तरमा उपलब्ध श्रोत तथा सेवाको पहिचान गर्ने बताएका छन् । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहाल, वडा अध्यक्षहरु, वडा सचिवहरुको पनि उपस्थिति रहेको सामुदायीक सहजकर्ता विष्णुप्रसाद गौतमले जानकारी दिए ।