इन्द्रेणी संवाददाता
दाङ, १५ मंसिर । दाङमा प्रहरीले अवैध सुनसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही बजारबाट घोराही उपमहानगरपालिका १० नारायणपुरका पूर्णजङ्ग सुनार र घोराही कपासीका खड्गप्रसाद सुनार छन् ।

pakrauअवैध सुन लिएर बजारमा हिँडिरहेका वेला सुराकीका आधारमा उनीहरुलाई आइतवार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २ सय ७३ ग्राम सुन बरामद गरेको पनि प्रहरीले जनाएको छ ।