इन्द्रेणी संवाददाता
दाङ, ९ मंसिर । दाङ प्रहरीले सात जना जुवाडेलाई करीव साढे एक लाखनगदसहित जुवाको खालबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा प्यूठान सरुमारानी गाउँपालिका ३ बस्ने चुमानसिंह सुनार, अल्ली शाह, एडिस मिंया, अक्कबर हुसेन मिंया, कृष्णबहादुर राना, दाङ राप्ती गाउँपालिका २ बस्ने यमबहादुर राना र रुपेश आले रहेका छन् ।
उनीहरुलाई गोप्पे सूचनाका आधारमा राप्ती गाउँपलिका २ लालमटियास्थित गोपाल खत्रीको घरमा बस्ने यमबहादुर रानाले सञ्चालन गरेको राप्ती फेम्ली रेष्टुरेष्टबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् । उनीहरुबाट १ लाख ४६ हजार नगद र दश गडुडी तास समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।











