इन्द्रेणी संवाददाता
काठमाडौं, ७ मंसिर । आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

jumlaजल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बेलुका पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली रही बाँकी ठाउँको मौसम सामान्यतया सफा नै हुनेछ। अहिले बिहान साढे ६ बजे काठमाण्डौको तापक्रम ८ डिग्री सेल्सियस मापन गरिएको छ । राति अरु ठाउँको मौसम भने सामान्यतया सफा नै रहनेछ ।