इन्द्रेणी संवाददाता
दाङ, २३ असोज । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नंं. १३ का वडाध्यक्ष डम्बर न्यौपानेको मृत्यु भएको छ । घरमा विरामी भएका अध्यक्ष न्यौपानेको अस्पताल लैजाँदै गर्दा विहान मृत्यु भएको हो ।
तुलसीपुर उपमहानगरका प्रवक्ता सुर्यवहादुर डाँगीका अनुसार विरामी ६५ वर्षिय न्यौपानेलाई अस्पताल लैजाने क्रममा साढे १० बजे बाटोमा नै मृत्यु भएको हो । उनी लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पिडित रहेको बताइएको छ ।
यसैबीच वडाध्यक्ष न्यौपानेको निधनप्रति नगर प्रमुख घनश्याम पाण्डेले शोक विज्ञप्ती जारी गरेर शोक व्यक्त गरेका छन् ।











