इन्द्रेणी संवाददाता
काठमाडौं, २३ असोज । नेपालमा आज शुक्रवार थप २ हजार ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख हजार ६७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

koronaमन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १० जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या ६०० पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या २७ हजार ५३ जना रहेका छन् । हालसम्म क्वारेन्टाइनमा ४ हजार ७०३ जना रहेका छन् । हाल संस्थागत आईसोलेशनमा ११ हजार १७६ जना र होम आईसोलेशनमा १५ हजार ८७७ जना रहेका छन् ।

हालसम्म नेपालमा ७३ हजार २३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । शुक्रवार १ हजार ६८० जना डिस्चार्ज भएका छन् ।ग्रह गरे ।