इन्द्रेणी संवाददाता
दाङ, २२ असोज । दाङको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मेयर पाण्डेले रुखाखोकी र ज्वरो आएपछि पीसीआर गराउदा कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जाल फेसवुकमार्फत जानकारी गराएका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर गराउदा उनीमा कोरोना देखिएको हो । आफू होम आइसोलेसनमा बसेको र स्वास्थ्य स्वास्थयमा त्यति समस्या नआएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।











