• गृह पृष्ठ
  • मुख्य समाचार
  • स्थानीय खबर
  • मनोरञ्जन
  • ज्ञान
  • रोजगार
  • विचार
  • प्रदेश खबर
  • साहित्य
  • सम्पादकीय
Search
Indrenionline.com
  •   वि.सं २०८३ असार ११ बिहीबार
  •   वि.सं २०८३ असार ११ बिहीबार
  •   Thursday,25,June,2026
  • गृह पृष्ठ
  • मुख्य समाचार
  • स्थानीय खबर
  • मनोरञ्जन
  • ज्ञान
  • रोजगार
  • विचार
  • प्रदेश खबर
  • साहित्य
  • सम्पादकीय
Home Feature Breaking news पाँच नम्बर प्रदेशको राजधानी र नाम तोकिएपछी यस्तो भने महराले

पाँच नम्बर प्रदेशको राजधानी र नाम तोकिएपछी यस्तो भने महराले

केशरमान बुढाथोकी
-
२०७७ आश्विन २० गते मंगलवार २०:५६ बजे
366
0
451
SHARES
ShareTweetSubscribe
इन्द्रेणी संवाददाता

काठमाडौं । प्रदेश सभाबाट ५ नं. प्रदेशको स्थायी राजधानी दाङदेउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव पारित हुनेबित्तिकै पूर्वसभामुख कृष्णबहादुर महराले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

मंगलबार बधाई तथा शुभकामना सन्देश जारी गर्दै दाङका जनप्रतिनिधिसमेत रहेका पूर्वसभामुख महराले प्रदेशको नाम र स्थायी राजधानी प्रदेशको सदनबाट पारित हुनुले संघीयता कार्यान्वयनको कार्यमा थप एक ईंट्टा थपिएको बताएका हुन्।

देशलाई ७ प्रदेशमा विभाजन गरी प्रदेशका अस्थायी राजधानी तोक्दा नै आफूहरुले प्रदेश ५ को राजधानी दाङदेउखुरीमा तोक्न पटक–पटक आग्रह गरेको स्मरण गर्दै महराले संघीयताको खास मर्म नागरिकलाई राज्यको सेवा सुविधा र स्रोतसाधनमा सहज पहुँच र वितरण भएको वक्तव्यमा उल्लेख गरेका छन्। ‘प्रदेश ५ को स्थायी राजधानी भौगोलिक रुपमा सबैलाई पायक पर्ने र बीच भागमा पर्ने दाङदेउखुरीमा राख्नुपर्दछ भनेर हामीले लामो समयदेखि भन्दै आएका थियौं।’

त्यस्तै महराले प्रदेश सभाले पारित गरेको निर्णय तत्काल कार्यान्वयन गर्न र स्थायी राजधानी तोकिएको स्थानमा संरचना बनाउँदा दीर्घकालीन सोंचअनुसार निर्माण गर्न पनि सरकारलाई विशेष अनुरोध गरेका छन्।

साथै शान्तिका दूत गौतम बुद्धको जन्मस्थल र उनको पहिचान झल्किने लुम्बिनीलाई प्रदेशको नाम बनाएकोमा पनि खुसी व्यक्त गरेका छन्। प्रदेश सभाले दुवै प्रस्ताव पारित गरेको आजको दिनलाई ऐतिहासिक भन्दै महराले प्रदेश सरकार, प्रदेश सभा तथा राजनीतिक दलहरु, शीर्ष नेता तथा अन्य नेताहरुलाई पनि धन्यवाद व्यक्त गरेका छन्।

वक्तव्यको पूर्णपाठ

बधाई तथा शुभकामना

प्रदेश सभाबाट प्रदेश नं. ५ को स्थायी राजधानी राप्ती उपत्यका देउखुरी र प्रदेशको नाम लुम्बिनी राख्ने प्रदेश सरकारको प्रस्ताव दुई तिहाई बहुमतबाट पारित भएको छ । यस खुसीको अवसरमा लुम्बिनी प्रदेशबासी समस्त दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

प्रदेशको स्थायी राजधानी र प्रदेशको नामकरणका लागि प्रस्ताव गर्ने प्रदेश सरकार तथा आवश्यक छलफल, मतदान गरी निर्णय पारित गर्ने प्रदेश सभा र प्रदेशको स्थायी राजधानी र नामका लागि आवश्इक पहलकदमी लिने सम्पूर्ण राजनीतिक पार्टीहरु, शीर्ष नेता एवं अन्य नेतागण सबैलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछु ।

संघीयताको मर्म भनेकै आम नागरिकलाई राज्यको सेवा सुविधा र स्रोत साधन सहज रुपमा वितरण गर्नु हो । प्रदेश ५ को स्थायी राजधानी भौगोलिक रुपमा सबैलाई पायक पर्ने र बीच भागमा पर्ने दाङदेउखुरीमा राख्नुपर्दछ भनेर हामीले लामो समयदेखि भन्दै आएका थियौं । देशलाई ७ प्रदेशमा विभाजन गरी प्रदेशका अस्थायी राजधानी तोक्दा नै हामीले प्रदेश ५ को राजधानी दाङमा तोक्न पटक पटक आग्रह गरेका थियौं ।

प्रदेश सभाबाट प्रदेशको नाम र स्थायी राजधानी पारित भएसँगै संघीयता कार्यान्वयनको कार्यमा अर्को ईँट्टा थपिएको छ । प्रदेश सभाले पारित गरेको निर्णयलाई तत्काल कार्यान्वयन गर्ने र स्थायी राजधानी तोकिएको स्थानमा स्थायी संरचना बनाउँदा दीर्घकालीन सोंचअनुसार निर्माण गर्नतर्फ संघ तथा प्रदेश सरकारले विशेष ध्यान दिनेछ भन्ने मैले विश्वास लिएको छु ।

संघीयताको मर्मअनुसार भौगोलिक हिसाबले सबैको पायक पर्ने क्षेत्र दाङदेउखुरीको राप्ती उपत्यकामा राजधानी र विश्वमै नेपालको पहिचान दिने शान्तिका अग्रदूत गौतम बुद्धको पहिचानसँग जोडिएको लुम्बिनीलाई प्रदेशको नाम तोकिएको यस ऐतिहासिक दिनको अवसरमा पुनः यहाँहरु सबैलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

२०७७ आश्विन २०
कृष्णबहादुर महरा



Previous articleप्रदेश ५ को नाम लुम्बिनी
Next articleहास्यव्यङ्गय कलाकार आचार्य दम्पतीलाई कोरोना संक्रमण
केशरमान बुढाथोकी

RELATED ARTICLESMORE FROM AUTHOR

Feature Breaking news

रास्वपाको ९९ केन्द्रीय सदस्यका लागि मतदान आज

Feature Breaking news

फैलियो ११ जिल्लामा बर्डफ्लु संक्रमण

Feature Breaking news

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध

Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.
Feature Breaking news

मेसी बने विश्वकपकै सर्वाधिक गोलकर्ता

0
Feature Breaking news

अज्ञात समूहद्धारा युवाको हत्या

0
Feature Breaking news

लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य

0
तस्विर

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा

0
तस्विर

प्रतिनिधिसभा बैठक २५ गते सम्मका लागि स्थगित

0
तस्विर

भूमि आयोग खारेज गरेर सरकारले बनायो ‘भूमि समस्या समाधान समिति’

0
तस्विर

मेयर सिंहलाई ४ लाख १५ हजार धरौटीमा छाड्न आदेश

0
तस्विर

अमर्यादित गविविधि गर्ने सांसदमाथि कारवाही गर्न समिति गठन

0
संरक्षक:
महेन्द्र बुढाथोकी
सम्पादक:
केशरमान बुढाथोकी
कार्यकारी सम्पादक:
उदय बिसी
इन्द्रेणी इन्टरनेशनल मिडिया प्रालि
घोराही- १५, दाङ
© Indreni International Media PVT. LTD. : 2015      Powered By: NetcomServer   Designed By: Gehendra Kanwar