इन्द्रेणी संवाददाता
रुपन्देही, २० असोज । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाबाट दुई तिहाइले पारित भएको छ ।

pardes 5आज प्रदेश सभामा भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने भन्ने पक्षमा ७९ मत र विपक्षमा चार मत खसेको हो । मतदानमा ८३ जनाको उपस्थिति रहेको थियो ।