दाङ, १८ असोज । प्रतिनिधीसभा सदस्य एवं पूर्वसामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रदेश ५ को स्थायी राजधानी दाङ हुदा प्रदेशका १२ जिल्लामाथि न्याय हुने वताएकी छन् । दाङको ढिकपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएकी हुन् ।

rekha-sharmaमन्त्री शर्माले भालुवाङ बाह्र जिल्लाकै पायक पर्ने स्थानका रुपमा रहेको भन्दै त्यसको विरोध कसैले गर्न नहुने उल्लेख गरिन । बुटवल बिकास उन्मुख शहरका रुपमा रहेको भन्दै त्यसलाई औद्योगिक शहरका अगाडी लैजानु पर्ने धारणा राखिन् ।

प्रदेशको मुकाम दाङ राख्दा सबैको लागि न्यायपूर्ण हुने बताउँदै बुटवल राजधानी राख्ने काम भुगोलका दृष्टिकोणले उचित नभएको तर्क व्यक्त गरिन् । प्रदेश नं.५ सरकारले गरेको स्थायी मुकामको निर्णय उचित र न्यायपूर्ण छ’ शर्माले भनिन् ।