इन्द्रेणी संवाददाता
असोज १६, काठमाडौं । नेपालमा आज शुक्रवार अहिलेसम्मकै बढी थप २७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

koronanaमन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मर्नेको संख्या ५२० पुगेको छ ।

हाल क्वारेन्टाइनमा ४ हजार ८८५ जना रहेका छन् । त्यसैगरी भेन्टिलेटरमा २९ जना संक्रमित रहेका छन् । कुल डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ भने शुक्रवार मात्रै थप ३ हजार ३०७ जना डिस्चार्ज भएका छन् ।

हाल होम आईसोलेशनमा ११ हजार ७६० जना रहेका छन् । संस्थागत आईसोलेशनमा ९ हजार ४७४ जना रहेका छन् । हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार २३४ जना रहेको छ ।