इन्द्रेणी संवाददाता
बाँके, १५ असोज । कोरोनाबाट बाँकेको भेरी अस्पतालका वरिष्ठ चिकित्सक डा. हरि सापकोटाको मृत्यु भएको छ ।

Bheriकोरोना सक्रमितको उपचारमा खटिएका वरिष्ठ चिकित्सक सापकोटाको कोरोनाकै कारण विहीबार दिउँसो मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगले बताए ।

संक्रमित भएपछि भेरी विशेष कोरोना अस्पतालमा उपचारका क्रममा सापकोटाको मृत्यु भएको हो । बाँकेमा विहिबार एकैदिन तीन जनाको मृत्यु भएको छ ।