इन्द्रेणी संवाददाता
काठमाडौं, १५ असोज। नेपालमा आज बिहीवार थप १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रायकाका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५०९ जनाको मृत्यु भएको छ ।
नेपालमा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या २१ हजार ८३० पुगेको छ । वितेको २४ घण्टामा १२ हजार ४४४ ओटा पीसीआर परीक्षण गरिएको छ । आज मात्रै निको भएर ९६१ जना घर फर्केका छन् ।
हाल क्वारेन्टाइनमा ५ हजार ७७ जना रहेका छन् । भेन्टिलेटरमा २५ जना संक्रमितको उपचार भइरहेको छ भने आईसीयूमा हाल २२० जना संक्रमित रहेका छन् ।
विगत २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९४३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार काठमाडौं जिल्लाका ८१७ जना, भक्तपुर जिल्लाका ५८ जना र ललितपुर जिल्लाका ६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।











