काठमाडौं, २ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक आज बस्दैछ । नेकपाको सचिवालय बैठक पहिलो पटक पूर्व माओवादीको केन्द्रीय कार्यालय पेरिसडाडा कोटेश्वरमा बस्न लागेको हो ।

cpn_meetingभदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले सरकार, पार्टी सङ्गठन, पार्टीको महाधिवेशन, सीमा विवाद, एमसीसी, अध्यक्षद्वयको कार्यविभाजन, कोरोना नियन्त्रण तथा रोकथामलगायतका विषयमा निर्णय गरेको थियो ।

तिनै निर्णयहरु कार्यान्वयनका विषयमा सचिवालयमा छलफल हुन लागेको हो । मन्त्रीमण्डल पुर्नगठन पनि छलफलको एजेण्डमा रहेको छ ।