इन्द्रेणी संवाददाता
दाङ, २ असोज । दाङको बंगलाचली गाउँपालिकामा भोलि असोज ३ गतेबाट विद्यालयहरु सञ्चालनमा आउने भएका छन् ।
गाउँपालिका अन्तर्गतको शिक्षा समितिको असोज १ गते वसेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कक्षा ५ सम्म पठनपाठन शुरु गर्ने निर्णय गरेको हो ।
नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट भदौ १९ गते जारी विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को बुँदा नं. ३३(२) अनुसार गाउँपालिकाभित्र सम्पूर्ण विद्यालयहरु स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्दै कक्षा ५ सम्म प्रत्यक्ष सिकाइ क्रियाकलाप मार्फत विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गर्न लागिएको शिक्षा शाखा अधिकृत ओमप्रकाश केसीद्धारा जारी सूचनामा उल्लेख छ ।











