इन्द्रेणी संवाददाता
बुटवल, १ असोज । रुपन्देहीमा एक जनाले क्वारेन्टाइनमै आत्महत्या गरेका छन् । देवदह नगरपालिका वडा नं. ४ सेमरानास्थित आदिवासी जनजाति महासंघको भवनमा रहेको क्वारेन्टाइनमा बसेका २५ वर्षीय युवकले आत्महत्या गरेका हुन् ।

atmahateआत्महत्या गर्नेमा सोही नगरपालिकाका वडा नं. ४ का २५ वर्षीय पिताम्बर पाण्डे रहेको प्रहरीले जनाएको छ ।

बुधबार राति क्वारेन्टाइनको बाहिरपट्टी छतमा रहेको फलामको रडमा झुण्डिएर पाण्डेले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

भदौ १७ गते भारतबाट आएका उनी क्वारेन्टिनमा बसेका थिए । घटनाबारेमा थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।