इन्द्रेणी संवाददाता
काठमाडौं, १ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरेकी छन् ।
गएको सोमबारको मन्त्रिपरिषद्को बैठकले गौतमलाई मनोनयनको लागि सिफारिस गरेको थियो ।

bamdev-gautamराष्ट्रिय सभामा राष्ट्रपतिले नियुक्त गर्ने तीन जना सदस्यमध्ये डा. युवराज खतिवडाको कार्यकाल भदौ २० गते सकिएपछि उक्त पद रिक्त थियो । रिक्त रहेको पदमा गौतमलाई मन्त्रीपरिषदको बैठकले सदस्यका लागि सिफारिस गरेको थियो ।