तुलसीपुर, १ असोज । तुलसीपुर उद्योग बाणिज्य सघंको आकस्मिक बैठक बिहिबार सम्पन्न भएको छ ।

119486533_3656886777679046_2720254141005275181_nसघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा बसेको बैठकले आगामी अधिबेसनका लागि नेपाल उद्योग बाणिज्य महासघंको महाधिबेशन सम्पन्न भएको संघको बार्षिक साधारणसभा र नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।

सो अबसरमा बिषम परिस्थितिमा निर्बाचन हैन सर्बसम्मत मार्फत नयाँ कार्यसमिति चयन गर्न पूर्वध्यक्षहरुले सुझाब दिए। कार्यक्रममा निबर्तमान
अध्यक्ष बिमल रिजाल,संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत,पूर्वध्यक्षहरु गणेश प्रेम श्रेष्ठ,चिरन्जिबी रिजाल,उत्तम कुमार श्रेष्ठ,हेमन्त रिजाल,कानुनी सल्लाहकार प्रबिण लम्साल,सल्लाहकार सुरेश हमाल, नारायण प्रसाद खनाल,प्रेस सल्लाहकार शरद रेग्मी लगायतले कोभिड १९ का कारण सबैक्षेत्र अस्तब्यस्त भैरहेको भन्दै परिस्थिति सहज भएपछि मात्रै निर्बाचन सम्पन्न गर्नुपर्ने सुझाब दिएका थिए ।