इन्द्रेणी संवाददाता
दाङ, १ असोज । दाङको तुलसीपुरबाट सञ्चालन भइरहेको राप्ती यातायात सेवा प्रालिको अध्यक्षमा बिनोदकुमार शर्मा निर्वाचित भएका छन् । बुधबार तुलसीपुरमा सम्पन्न अधिबेशनबाट शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।

95606788_2996073820439274_1670649631404457984_nअधिवेशनबाट मधुसुदन पौडेल उपाध्यक्ष, गेहेन्द्र वली महासचिव र गणेश आरसी कोषाध्यक्षमा निर्बिरोध चयन भएका छन् । त्यस्तै प्रालिको सदस्यहरुमा बसन्त केसी, बंशिकुमार शर्मा, मदन आचार्य र दिपु गिरी चयन भएका छन् ।

प्रालिको सल्लाहकारमा निबर्तमान अध्यक्ष मदन आचार्यलाई चयन गरिएको छ । सो अबसरमा बोल्दै नबनिर्बाचित अध्यक्ष बिनोदकुमार शर्माले यातायात क्षेत्रको बिकासमा आफू निरन्तर लागिपर्ने बताएका थिए ।