इन्द्रेणी संवाददाता
दाङ, १ असोज । आज आश्विन सङ्क्रान्ति अर्थात विश्वकर्मा बाबाको पूजा गर्ने दिन । आजको दिनमा कलकारखाना तथा औजार रंगीचंगी पार्नुका साथै विशेष पूजा गर्ने गरिन्छ ।

biswआजका दिन फलामे औजारको पूजा गर्नाले लामो समयसम्म टिक्ने विश्वास छ । विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी पूजाआजा गर्ने चलन रहेको छ । विश्वकर्मा पूजाको अवसरमा वर्षभरी कुनै अप्रिय घटना नहोस् भनेर मेसिन तथा औजारहरुको पूजा गरी धुमधामसँग मनाउने चलन छ ।