इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ भदौ। नेपालमा आज बुधवार थप १ हजार ५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ६८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज भएर घर फर्कनेको संख्या ४१ हजार ७०६ जना छ ।
यस्तै, बुधवार नेपालमा थप आठ जनाको कोरोना संक्रमणका कारण मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।
हाल क्वारेन्टाइनमा रहनेको संख्या सात हजार ८२० रहेको छ । यस्तै, संस्थागत आइसोलेशनमा आठ हजार ५४१ जना र होम आइसोलेशनमा सात हजार ७०१ जना रहेका छन् ।











