इन्द्रेणी संवाददाता
दाङ, ३१ भदौ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि दाङको घोराही उपमहानगरपालिकाले आफूले दिदै आएको अत्यआवश्यक सेवा वोहेक अन्य सेवा बन्द गरेको छ ।
उपमहानगरपालिकाले आज बुधवार सूचना प्रकाशित गर्दै उपमहानगरपालिकाबाट दिने स्वास्थ्य सेवा, विपद् व्यवस्थापन र सरसफाइ सेवाजस्ता अतिआवश्यक सेवा वाहेकका सेवा असोज ४ गतेसम्म बन्द गरिएको जनाएको छ ।
केही दिन अघि घोराही उपमहानगरपालिका वडा नं. १५ ले घोराहीस्थित पद्योदय स्कूलको नमूना कलेक्सन सेन्टरमा संकलन गरिएका स्वाब परीक्षण गर्दा घोराही उपमहानगरपालिकाका ६ कर्मचारीमा हिजो मंगलवार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण हुनेहरुमा उपमहानगरपालिकाका इञ्जिनियरदेखि कार्यालय सहयोगी समेत रहेका छन् ।











