इन्द्रेणी संवाददाता
धरान, ३१ भदौ । आज धरानमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
सुनसरी र सप्तरीका एक/एक जना पुरुषको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ३ का सप्तरीका ३५ वर्षीय पुरुष र धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुष रहेका छन् ।











