इन्द्रेणी संवाददाता
काठमाडौं, ३१ भदौ । पहिरोका कारण नारायणगढ-मुग्लिन सडकखण्ड बन्द भएको छ । आज बिहान चितवनको इच्छाकामना गाउँपालिका ६ चारकिलोमा पहिरो गएकाले सडक बन्द भएको हो ।
सडक बन्द हुँदा अहिले सो सडकखण्डमा कुनैपनि गाडी चलेका छैनन् । पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
नारायणगढ -मुग्लिन सडक खण्डमा एकैदिन पाँच वर्ष यताकै धेरै ठाउँमा पहिरो खसेको छ । सडक खण्डको जुगेडीदेखि मुग्लिनसम्म विभिन्न ठाउँमा सोमबार राति साना ठूला गरी ४८ वटा पहिरो खसेका छन् ।











