इन्द्रेणी संवाददाता
काठमाडौं, २९ भदौ । आज छ ओटा प्रदेशमा ठूलो पानी गर्ने छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेशवाहेकका अन्य प्रदेशमा ठूलो पानी गर्ने अनुमान गरिएको छ ।

rainnnशाखाका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।
आज राति पनि प्रदेश नम्बर १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् मिनकुमार अर्यालले बताए ।

ठूलो पानी पर्ने ठाउँमा बग्ने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने तथा सडकमा जोखिम हुने भएकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।