इन्द्रेणी संवाददाता
दाङ, २९ भदौ । दाङमा आज सोमवारबाट बजार खुलेका छन् । जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले भदौ २९ गतेबाट निषेधाज्ञालाई केही खुकुलो बानाउदै विहान ६ बजेदेखि साँझ ७ बजेसम्म व्यापार व्यसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि बजार खुलेका हुन् ।

tulsipur bajarसमितिले एक साताअघि देखि हरेक दिन दिउँसो १२ बजेदेखि निषेधाज्ञा जारी गर्दै आएको थियो । यसको समय आइतावार राति १२ बजेबाट सकिएको छ । समितिको आइतवार बसेको बैठकको निर्णय अनुसार सुरक्षा मापदण्ड अपनाएर विहान ६ बजेदेखि साँझ ७ बजेसम्म सबै प्रकारका व्यापार व्यवसाय सञ्चालनमा आएका छन् ।

सार्वजनिक तथा निजी सवारीका साधनमा भने जोरविजोर प्रणाली लागु गरिएको छ । जस अनुसार आज सोमवार विजोर नम्बरका सवारीका साधन गुड्ने छन् । जिल्लामा कोरोना संक्रमणको जोखिम अझै नटरेकाले  रातिको समयमा भने निषेधाज्ञा कायमै छ ।

व्यापार व्यवसाय सञ्चालन गर्दा अथवा सवारीका साधन स१चालन गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालन गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक गोविन्दप्रसाद रिजालले जानकारी दिएका छन् । यो आदेश अर्को सूचना जारी नहँदासम्म लागु हुनेछ ।