इन्द्रेणी संवाददाता
दाङ, २७ भदौ । दाङमा शनिवार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

koronanaराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा तुलसीपुरका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा तुलसीपुर उपमहानगरापलिकामा कार्यरत कर्मचारी तीन जना, चार जना स्वास्थ्यकर्मी रहेको बताइएको छ ।

विगतका संक्रमितको कन्ट्रेक्ट ट्रेसिङका आधारमा लिइएका ८९ ओटा नमूना परीक्षण गर्दा २२ जनामा कोरोना देखिएको हो । शनिवार तुलसीपुरका २२ जनामा कोरोना संक्रमण पुष्टिसँगै जिल्लामा कूल संक्रमितको संख्या ८७३ पुगेको जनस्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।