इन्द्रेणी संवाददाता
काठमाडौं, २७ भदौ ।। नेपालमा आज शनिवार थप १२०२ जनामा कोराना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार १७६ जनाको पीसीआर परीक्षण गर्दा १२०२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।

koroयोसँगै नेपालमा कुल संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । वितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५२ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ जना पुगेको छ । शनिवार काठमाडौँ उपत्यकामा मात्रै ४३१ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३७७, भक्तपुरमा १७ र ललितपुरमा ३७ जना छन् ।

हाल आइसोलेसनमा रहने कोरोना संक्रमित १५ हजार २ सय ६० जना छन् भने ६ हजार ३ सय ५४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।