काठमाडौं, २६ भदौ। भक्तपुरमा एउटै घरमा तीन जना मृत फेला परेका छन् । प्रहरीका अनुसार शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्त अधिकारी घरभित्रै मृत फेला परेका हुन् ।

deathमहानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको छ । उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ । घटना केही दिन अघिको हुनसक्ने प्रहरी अनुमान गरेको छ ।