काठमाडौं, २६ भदौ । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा) को आज वसेको स्थायी कमिटी बैठकले अध्यक्ष द्वयले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

CPN-Party-officeपार्टीभित्रको आन्तरिक विवाद चुलिएपछि दुई अध्यक्षले साउन ३० गते ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलले पार्टीको आन्तरिक विवाद सल्टाउने सुझावसहितको विषय तयार गरेर भदौ ६ गते प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदनको आधारमा दुई अध्यक्षले प्रस्ताव तयार गरेर बैठकमा पेश गरेको र सर्वसम्मतिले पारित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दै सरकारमा केन्द्रित रहने र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अधिकार सहितको अध्यक्षका रुपमा पार्टी अगाडि बढाउने निर्णय गरेको बैठक पछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ बताए ।

बैठकबाट पार्टीको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्ममा काठमाडौमा आयोजना गर्ने निर्णय गरेको छ भने कार्तिक १५ गतेसम्म केन्द्रिय कमिटीको बैठक आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।