इन्द्रेणी संवाददाता
दाङ, २६ भदौ । दाङमा आज शुक्रबार थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दका अनुसार कोरोना पुष्टि हुनेमा घोराही उपमहानगरपालिकाका तीन जना र दंगीशरण गाउँपालिकाका एक जना रहेका छन् ।

koronanaजसअनुसार घोराही १५ का ४० वर्षिय, वडा नं. १७ का २० वर्षिय र वडा नं. १८ का ६८ वर्षिय पुरुष छन् । यस्तै दंगीशरण ५ का ३२ वर्षिय एक जना पुरूष रहेका छन् । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ८५१ पुगेको छ ।

हाल जिल्लामा ११० जना सक्रिय संक्रमित छन् भने ७३९ जना डिस्चार्ज भइसकेका फोकल पर्सन चन्दले बताए ।