इन्द्रेणी संवाददाता
काठमाडौं, २६ भदौ। नेपालमा आज शुक्रवार थप १ हजार ४५४ जनामा कोरोना देखिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।
वितेको २४ घण्टामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म ३६ हजार ६७२ जना निको भएर घर फर्किएका छन् । शुक्रवार मात्रै थप ९७२ जना डिस्चार्ज भएका छन् ।
हाल होम आईसोलेशनमा ६ हजार ६३४ जना रहेका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ जना रहेको छ । अहिले क्वारेन्टाइनमा ६ हजार ७८ जना रहेका छन् ।











