इन्द्रेणी संवाददाता
काठमाडौं, २५ भदौ। नेपालमा आज बिहीवार थप १ हजार २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार ४६५ पुगेको छ ।

koronaवितेको २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन् ।

नेपालमा हाल १४ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन् । संस्थागत आइसोलेशनमा ८ हजार ११० जना रहेका छन् । बिहीवार थप १ हजार ८१८ जना डिस्चार्ज भएका छन् ।