इन्द्रेणी संवाददाता
दाङ, २५ भदौ । घोराहीका खुमहादुर रायमाझी रोजगारी खोज्दै विदेश छिरे । विदेश त गए तर स्वास्थ्यले साथ नदिएपछि गएको एक वर्षमै घर फर्किए । घर फर्किएपछि के गर्ने भन्ने चोसे । त्यतिकैमा घर निकैमा व्यवसायीक माहुरी पालकहरुले माहुरी चराउन ल्याएको देख । उनी त्यही गएर सहयोग गर्न थाले । सहयोगीको भूमिका निर्वाह गर्दा गर्दै उनले माहुरी पालनका बारेमा सिप आर्जन गरे । अहिले त्यही सिपले उनी उद्येमी समेत बनेका छन् ।
अहिले साइमाझीले घोराही उपमहानगरपालिका वडा नं. १९ कटुवा खोलामा १५० घारवढी माहुरी पालन गरेका छन् । त्यति मात्रै होइन उनले घोराहीमासनराइज बि किपिङ् सेन्टर समेत सञ्चालनमा ल्याएका छन् । २०७१ सालमा ३५ घारवाट माहुरीपालन शुरु गरेका उनले अहिले अहिले १५० घार माहुरी पालन गरेका छन् ।
त्यस्तै २०७२ सालदेखि माहुरी तथा माहुरीजन्य समाग्री विक्री गर्ने व्यवसाय पनि सञ्चालन गरे । माहुरीपालन गर्दाका सुरुका दिनमा धेरै समस्या भोग्नु परेको उनको अनुभव छ । ‘शुरुका दिनमा यस्तो किरा पालेर के गर्ने थालेको होला भनेर भन्नेहरु अहिले राम्रै गरेको छ भनेर भन्न थाल्नु भएको छ’ रायमाझीले भने ‘ अहिले बैकहरुले समेत सहुलीत ऋण दिन्छौ भनेर आउछन्।’
उनले आफूले आम्दानी त गरेकै छन् भने दैनिक ६ जनालाई समेत रोजगारी दिएका छन् । अहिले यो व्यवसायबाट वार्षिक करीव ४ लाख बचत गर्ने गरेको बताउँछन् । आम्दानी त गरेकै छन् उनी अहिले विदेश गएर मात्रै पैसा फल्दैन स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पनि बनेका छन् ।











