इन्द्रेणी संवाददाता
काठमाडौं,१७ भदौ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ । २० वर्षीया एक जना महिला र ७५ वर्षीय एक जना पुरुष संक्रमितको मृत्यु भएको हो ।
७५ वर्षीय पुरुषमा सुगर रोग र २० वर्षीया महिलालाई मिर्गौलाको समस्या थियो भने पुरुषको हिजो अस्पतालमा भर्ना भएका थिए । उनीहरुको गएराति नै मृत्यु भएको शिक्षण अस्पतालका डा. सन्त दासले बताए ।











