राजेश जीसी
प्यूठान, १६ भदौ । प्यूठानमा समुदायस्तरमा कोरोनाको संक्रमण फैलिदै गएपछि जिल्लास्तरीय सुबिधासम्पन्न आइसोलेसन कक्ष स्थापना गरिएको छ ।
जिल्लामा लक्षणसहितका कोरोनाका सक्रमति फेला परे बाहिरी जिल्लाका आइसोलेसनमा पठाउने पर्ने बाध्यता भएपछि जिल्लामा पहिलो पटक ५० बेडको आइसोलेशसन सञ्चालनमा ल्याइएको हो ।
जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रको पहलमा प्यूठान नगरपालिका–४ विजुवार स्थित जेष्ठ नागरिक संरक्षण केन्द्रमा आइसोलेसन कक्ष तयार गरिएकोप्यूठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।
आइसोलेसन केन्द्र संचालन मापदण्ड अनुसार सुरक्षा, एम्वुलेन्स, सववाहन, स्वास्थ्यकर्मीको व्यवस्थापन लगायत आवश्यक पूर्वाधारको समेत व्यवस्थापन मिलाइएकोछ । केन्द्रमा आवश्यकता अनुसार ७० बेडसम्म राख्नेगरि तयारी गरिएको छ । आइशोलेसनको सुरक्षाको जिम्मा नेपाली सेनालाइ दिइएको छ । आइसोलेसनमा लक्षण सहितको सक्रमितलार्इ राखिने छ ।











