इन्द्रेणी संवाददाता
काठमाडौँ, १६ भदौ । नेपालमा पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ । सरकारले बन्दाबन्दीको पाँच महिनापछि अर्थात आज मंगलवारदेखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेको हो ।

nepal-airlinesभदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको थियो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ ।