काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीको निधन भएको छ।
महोत्तरीको मनरा सिसवाका ४० वर्षीय हेल्थ असिस्टेन्ट (एचए) को निधन भएको हो।
प्रदेश २ सरकारका कोभिड फोकल पर्सन विजयकुमार झाले उपचारका लागि काठमाडौं लैजादै गर्दा ती हेल्थ असिस्टेन्ट (एचए) को बाटोमै मृत्यु भएको बताउनुभयो।
भदौ ७ गते बिरामी भएका उनको १२ गते निधन भएको प्रदेश २ सरकारले जनाएको छ। ती व्यक्तिले स्थानीय निजी स्वास्थ्य संस्थामा काम गर्दै आएका थिए। मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो।
ती हेल्थ असिस्टेन्ट कोरोना संक्रमणबाट ज्यान गुमाउने नेपालकै पहिलो स्वास्थ्यकर्मी हुन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने अहिलेसम्म औपचारिक घोषणा गरेको छैन।











