इन्द्रेणी संवाददाता
काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ। प्रहरी प्रधान कार्यालयको मानव स्रोत एवं प्रशासन विभागले प्रहरी महानिरीक्षकको निर्णय अनुसार डीएसपीहरुको सरुवा गरेको हो।
जसअनुसार केही जिल्लाका प्रहरी कार्यालय प्रमुखहरु नै फेरिएका छन् भने उपत्यकाभित्र महानगरीय प्रहरी वृत्त, कालिमाटी र दरबारमार्गका प्रमुख पनि फेरिएका छन्।
प्रहरी प्रधान कार्यालयले कालिमाटीमा अपिलराज बोहोरालाई पठाएको छ भने दरबारमार्गमा रामेश्वर पौडेललाई पठाएको छ। कालिमाटीमा रहेका डीएसपी रुगम कुँवरको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सरुवा भएको छ। त्यस्तै, महानगरीय प्रहरी वृत्त दरबारमार्ग हेरिरहेका रञ्जन कुमार दाहाल राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्ज गएका छन्।
हेर्नुस् सरुवाको पूरा विवरण-

















