इन्द्रेणी संवाददाता
काठमाडौँ, २ भदौ । नेपालमा आज मंगलवार मात्रै एक हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्मकै बढी संख्या हो ।

koronaaस्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४८१ पीसीआर परीक्षण गर्दा १०१६ जनामा कोरोना देखिएको हो । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या २८ हजार २५७ पुगेको छ ।

नेपालमा अहिले सक्रिय सङ्क्रमितहरू १० हजार ५६३ रहेका छन् । क्वारेन्टिनमा १३ हजार ९२६ रहेका छन् ।