असार , २८ । जिल्ला मालपोत कार्यालय नै सौचालय सफा नराखेको पाईएको छ । जिल्ला सरसफाई तथा स्वच्छता पत्रकार मञ्च(वास)ले अनुगमण गर्दा यस्तो भेटिएको हो । यस्तै अनुगमण पछि बासले मालपोत कार्यालयमै बैठकको आयोजना गरेको थियो ।

100_4101बैठकका अबसरमा मालपोत कार्यालय दाङले आउदो साउन १५ गते सम्म कार्यालयका शौचालयलाई सफाई बनाउने लिखित रुपमा प्रतिबद्धता जनाएको छ । बैठकमा मालपोत अधिकृत तथा कार्यालयका सुचना अधिकृत भुवेन्द्रवहादुर देवकोटाले कार्यालयमा सरसफाई राख्नका लागि अगाडि वढने प्रतिबद्धता जनाउनुभएको हो ।

100_4108दाङलाई पुर्ण सरसफाई जिल्ला वनाउनका लागि सहयोग गर्ने समेत कार्यालयले प्रतिवद्धता व्यक्त गरेको थियो । वास दाङका अध्यक्ष गोविन्द खड्काको अध्यक्षता एवम मालपोत अधिकृत तथा कार्यालयका सुचना अधिकृत भुवेन्द्रवहादुर देवकोटाको प्रमुख आतिथ्यता ताा डिभिजन खानेपानी कार्यालयका प्राविधिक गजेन्द्र वहकरीको विशिष्ट आतिथ्यतामा भएको बैठकको सहजिकरण सदस्य सचिव सपना वोहराले गर्नुभएको थियो ।

Comments are closed.