इन्द्रेणी संवाददाता
काठमाडौँ, २ भदौ । कोरोनाबाट पश्चिम नवलपरासीका नेपाली कांग्रेस जिल्ला उपसभापति सुवास गिरीको ज्यान गएको छ । ३८ वर्षिय गिरीको कोरोना संक्रमणबाट आज बिहान ज्यान गएको हो ।

giriउपसभापति गिरीको ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पोखरा र धुलिखेतमा पनि एक/एक जना कोरोना संक्रमितको मृत्यु

यसैगरी तनहुँकी एक कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु भएको छ । पोखराको हस्पिटलचोकस्थित कास्की सेवा हस्पिटलमा उपचाररत महिलाको मृत्यु भएको हो । अती महिलामा निमोनियाँ, मधुमेह लगायत अन्य रोग पनि भएको बताइएको छ ।

त्यस्तै धुलिखेल अस्पतालमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । आज बिहान धुलिखेल नगरपालिका ६ का ९८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएका अस्पतालले जनाएको छ । उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २६ गते धुलिखेल अस्पतालमा भर्ना गरिएको थियो ।