इन्द्रेणी संवाददाता
काठमाडौं, २० साउन । आज मंगलवार नेपालमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा ६५९४ जनाको स्वाब परीक्षण गर्दा २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९०० पुगेको छ । हाल नेपालमा १० हजार २६ जना क्वारेन्टिनमा छन् । आज ६५ जना संक्रमित निको भएर घर फर्केका छन् ।











