काठमाडौं, २० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको प्रयासले मात्रै कोरोना नियन्त्रण गर्न नसकिने बताएका छन् ।
फैलिदै गएको कोरोना संक्रमणबारे आज सरकारी निवास वालुवाटारमा विज्ञ तथा विपक्षी दलका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले गर्ने कामले मात्र नपुग्ने बताए । उनले संक्रमण नियन्त्रणका लागि जनतामा चेतना जति बढाउन सक्यो त्यति कोरोनासँग लड्न सजिलो बताए ।
छलफलमा सहभागी प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले फेरि लकडाउन गर्ने नगर्ने बारे समुदायमा कोरोना संक्रमणको स्तर हेरेर निर्णय लिन सुझाव दिएका थिए ।











