काठमाडौं, २० साउन । सुशील भट्ट लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाका आधारमा भट्ट सिइओमा नियुक्त भएका हुन् ।
मन्त्रिपरिषद्को सोमबार बालुवाटारमा बसेको बैठकले भट्टलाई आगामी ४ वर्षका लागि बोर्डको सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टसँग व्यवस्थापन, बैंकिङ, इन्जिनियरिङ तथा योजनाको क्षेत्रमा काम गरेको अनुभव रहेको छ ।











