इन्द्रेणी संवाददाता
रोल्पा, २८ असार
बर्षायामसँगै रोल्पाका अधिकांश ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । जिल्लाका अधिकांश सडकहरुमा पहिरो खसेपछि र हिलाम्य भएपछि गाडी चल्न सक्ने अवस्था रहेको छैन । सडकहरु अवरुद्ध हुन थालेपछि यात्रुहरु मर्कामा परेका छन् भने यातायात व्यवसायीहरु पनि समस्यामा परेका छन । sadak

जिल्लाको सदरमुकाम लिबाङबाट जँुगार, थबाङ, मिरुल, सुर्पाल लगायतका स्थानमा नियमित जीप सेवा बन्द भएको जलजला यायात व्यवसायी समिति रोल्पाले जनाएको छ ।

अन्य सडक खण्ड पनि पहिरोका कारण विग्रिएपछि नियमित रुपमा गाडीहरु चल्न नसकेको समितिका प्रशासनिक इन्चार्ज यज्ञश्वर आचार्यले जानकारी दिनुभयो ।

कतिपय नयाँबाटो खन्दै गरेका ठाउँमा बाटो विग्रिने भन्दै ठेकेदारहरुले जीप चल्न नदिएपछि अबरुद्ध गर्नुपरेको यातायात व्यवसायीहरुको गुनासो छ ।

sadak 2जिल्लाका ग्रामिण सडकहरु वर्षायाममा अवरुद्ध हुदा स्थानीयहरुले सास्ती खेप्दै आएका छन । वाटो अवरुद्ध भएपछि काम विशेषले सदरमुकाम तथा एक ठाँउवाट र्ओ ठाँउ जाने सर्वसाधारणरु पैदल हिड्न वाधय भएका छन ।।