जाजरकोट, २८ असार ।
समाजमा हुने अपराधीक कृयाकलापहरुको न्युनिकरणका लागी नेपाल प्रहररीको आयोजनामा हिजो जाजरकोट लगाएत देश व्यापी रुपमा प्रहरी मेरो साथी कार्याक्रमको सुभारम्भ गरियो । अपराध अनुसन्धान देश व्यापी सञ्जाल विस्तार गर्नका लागी प्रहरी मेरो साथी कार्यक्रमको सुभारम्भ गरिएको हो ।
जाजरकोटको ठाँटी वजारवाट निकालिएको र्याली पिपलडाडाँ, जिल्ला प्रशासन, गैरीखाली हुदै जिल्ला प्रहरी कार्यालयको परिसरमा पुगेर औपचारीक कार्यक्रममा परिणत भएको थियो । कार्यक्रमका प्रमुख अथिति तथ प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले प्रहरी मेरो साथी कार्यक्रका वारेमा प्रकाश पार्दै २०१२ सालमा गठन भएको प्रहरी संगठन लोक प्रिय वन्दै गएको वताए ।
प्रमुख अथिति प्रजिअ गौतमद्धारा विद्यार्थीलाई व्याज लगाई दिएर कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो । कार्यक्रममा घरेलु हिंसा सम्वन्धि जनचेतना मुलक कमेडी प्रस्तुत गर्नुका साथै मननोरञ्जनात्मक साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो । प्रहरी मेरो साथी सञ्जाल विस्तारको लागी विद्यार्थीको आवेदन फाराम भर्नुका साथै विभिन्न प्रहरी सेवाको अवलोकन गरिएको थियो । अन्तमा सम्पूर्ण कार्यालय प्रमुखहरुसंगको अन्तरक्रिया गरेर कार्यक्रमको समापन गरिएको थियो ।।











