इन्द्रेणी संवाददाता
दाङ, १६ साउन । पछिल्लो समयमा कोरोना संक्रमणको दर बढ्दै गइरहेको वेला दाङ प्रहरीले सबैलाई मास्क लगाउन अनुरोध गरेको छ । ‘तपाइँको मास्क खोइ ?’ अभियान सञ्चालन गरेर प्रहरीले सबैलाई मास्क लगाउन आग्रह गरेको हो ।

maskआज प्रहरीले घोराही क्षेत्रमा तपाइँको मास्क खोइ ? भन्नेलगायतका विभिन्न चेतनामूलक प्लेकार्डहरुसहित प्रहरी परिचालन गरेर सचेनता जनाएको हो । कोरोना संक्रमणबाट वच्ने उपायासहितका प्लेकार्ड बोकेका प्रहरीहरुले सर्वसाधारण जनतालाई मास्क लगाउनका लागि अनुरोध गरेका थिए ।

वडा प्रहरी कार्यालय घोराहीले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सबैले मास्क लगाउदै अन्य स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन जनचेतनामूलक अभियान सञ्चालन गरेको हो । यसअघि पनि जिल्लामा प्रहरीले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दैआएको छ ।