काठमाडौं, १६ साउन । पाटन अस्पतालमा उपचार गराइरहेका एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
उपचारको क्रममा शुक्रवार विहान ती ६५ वर्षकी महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ । ती महिला कोरोना सङ्क्रमणसँगै उच्च रक्तचाप विरामी पनि रहेको अस्पतालले जनाएको छ ।
उनी साउन ६ गते अस्पताल भर्ना भएकी थिइन् । स्टार अस्पतालमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भएको थियो । यसअघि नेपालमा कोरोनाबाट ५२ जनाको ज्यान गइसकेको छ ।











